नेकपा (एमाले)का सचिव एवम् पूर्व ऊर्जामन्त्री गोकर्ण विष्टले वर्तमान सरकारले नयाँ आयामबाट छिमेकी देशसँगको सम्बन्ध स्थापना गर्न लागेको बताएका छन्।
नेकपा (एमाले) म्याग्दीको दोस्रो प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुन यहाँ अाएका नेता विष्टले शुक्रबार आयोजित कार्यक्रममा छिमेकी देशसँगको सम्बन्धलाई नयाँ शिराबाट उठाउनु पर्ने बताए।
उनले कृषि र जलविद्युत्मा प्रचुर सम्भावना भए पनि कृषिजन्य वस्तु र विद्युत्मा वार्षिक खर्बौं बाहिर जाने गरेको अवस्थामा कृषि र जलविद्युत्का क्षेत्रमा योजनाबद्ध रुपमा अगाडि बढ्न सकेमा वार्षिक रु छ खर्बको व्यापार घाटालाई घटाएर रु तीन खर्बमा ल्याउन सकिने उल्लेख गरे।रासस