पश्चिम लमजुङमा यात्रुवहाक बस दुर्घट्ना हुँदा मर्नेको सङ्ख्या ११ पुगेको छ।
नौ जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा लैजाँदै गर्दा ज्यान गएको हो। बिहिबार साँझ तनहुँको सदरमुका दमौलीबाट लमजुङको जिताकोट तर्फ जाँदै गरेको ना ६ ख ४१३६ नम्वरको बस दुर्घटनामा परेको थियो।
मध्यनेपाल नगरपालिका वडा नम्वर ५, अन्तर्गत टक्सार तामाखानीको भीरमा बस दुर्घटना भएको हो। दुर्घट्नामा परि ज्यान गएकाको हाल मध्यनेपाल १ (पहिलाको जिता गाविस) जिताकोटका शव राखिएको छ।
प्रहरीले दिएको जानकारी अनुसार मध्यनेपाल १, जिताकोटका रमा गुरूङ, रामकृष्ण गुरुङ, चिनमाया गुरुङ, राजिन गुरुङ, शेरवहादुर खवास, गणेश गुरुङ, मिनाकुमारी गुरुङ, सविना गुरुङ र नारायण थापा रहेका छन् भने उपचारमा लैजाँदै गर्दा जया खबास र सागर थापाको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई थप उपचारको लागि दमौली, पोखरा लगिएको स्थानीय राजेन्द्र रेग्मीले जानकारी दिए।