ल्होत्से हिमाल आरोहण गर्ने क्रममा आज एक शेर्पा पथप्रदर्शकको मृत्यु भएको छ ।
नाम्चे–४ सोलुखुम्बुका २६ वर्षीय आङ फुर्वा शेर्पाको ल्होत्सेमा डोरी अड्काउने क्रममा चिप्लिएर मृत्यु भएको सगरमाथाको आधार शिविरमा रहनुभएका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले बताए।
मृतक शेर्पा हिउँबाट चिप्लिएर करिब दुई हजार मिटर तल खसेको बताइएको छ । शेर्पा शव झिक्न उद्धार टोली परिचालन भइसकेको श्रेष्ठले बताए।
आठ हजार ५ सय १६ मिटर उचाइको ल्होत्से हिमाल विश्वको चौथो अग्लो हिमाल हो। रासस