महोत्तरी जिल्लाको रघुनाथपुर–५ स्थित आँप बगैँचामा झुन्डिएको अवस्थामा एक पुरुषको लास फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार बुधबार रघनाथपुर–५ बस्ने ५० वर्षीय जगवीर मण्डल खत्वेको लास उनको आफ्नै आँप बगैँचाको एउटा रूखको हाँगोमा झुन्डिएको अवस्थामा फेला परेको छ ।
परिवारजनले उनको मानसिक सन्तुलन ठीक नभएका कारण आफैँले आफ्नै बगैँचामा रहेको आँपको रूखको हाँगामा धोती र गम्छाको पासो लगाई झुन्डी मरेको जनाएका छन् । प्रहरीले मृतक खत्वेको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने उनको मृत्यु के कति कारणले भएको भन्नेबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । रासस