प्रहरी महानिरिक्षक फेर्ने भ्रम कति जनाले पाल्नु भएको छ, त्यस्तो भ्रमको पछाडी नलाग्नुहोस्, यसले प्रहरी संगठनलाई निकै दुरगामी असर राख्छ, म त व्यक्ति मात्रै हुँ, पदको गरिमामाथि ख्याल गर्नुहोस्’ प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल प्रहरी मुख्यालयमा यसरी कड्कीएपछि बैठक कक्ष एकाएक साम्य बनेको थियो। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
बुधबार अपरान्ह मुख्यालयमा पुलिस कोअर्डिनेशन कमिटी (पीपीसी) को बैठक पछि प्राविधि तर्फका बढुवा भएका तीन जना डिएसपीलाई ओहोदाको फूली लगाईदिएपछि निर्देशन दिने क्रममा महानिरिक्षक अर्याल निकै आक्रोशित मुद्रामा प्रस्तुत भए।
‘मलाई साह्रै रीस पनि उठिरहेको छ, यहाँ व्यक्त गर्न सक्दिन, आईजीपी फेरिंदै छ भनेर न्युज बनाउन लगाउने, यसैलाई ठाउँठाउँमा पुर्याएर संगठन प्रमुखको गरिमाको ख्याल नगर्ने ? तर यतिमात्रै भन्छु, फागुन २ गतेसम्म म आईजीपीकै पोशाक लगाएर कार्यलय समयम्म मुख्यालयमै रहन्छु,’ महानिरिक्षक अर्याले व्यक्त गरेका भनाइ उदृत गर्दै स्रोतले भन्यो ।