दाइजोमा जग्गा नपाएको निहुँमा बिहे नै भाँडेर फरार बेहुलाका बुबालाई प्रहरीले पक्राउ गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
पर्साको महुवन गविस ३ का गणेश साहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । साहलाई नारायणी उपक्षेत्रीय अस्पताल अगाडिबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए।
फरार रहेका गणेश उपचारका लागि अस्पतालमा आएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्रेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
बेहुला हरि शंकर साह भने फरार नै रहेका छन्।