न्यायिक प्रक्रियामा हस्तक्षेप गर्न खोेजेको आरोप लगाउँदै सर्वोच्च अदालतमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको मानहानिको निवेदन दर्ता भएको छ।
अधिवक्ता दिनेश त्रिपाठीले साेमबार अध्यक्ष दाहाललाई विपक्षी बनाई दायर गर्नुभएको निवेदनमा शुक्रबार राजधानीको एक कार्यक्रममा अध्यक्ष दाहालले अदालतले शान्ति सम्झौता विपरीत काम गरेकोजस्ता अभिव्यक्तिले अदालतको मानहानि हुने भएको उल्लेख छ।
निवेदनमा लोकतन्त्रमा स्वतन्त्र न्यायालयमाथि प्रहार गरी अदालतको मानहानि गर्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाललाई कानुनअनुसार कारबाहीको माग गरिएको छ। रासस