बुहारीको हत्या गरी फरार रहेका भनिएका बरही वीरपुर गाविस–१ निवासी ५४ वर्षीय वीरेन्द्र यादव पक्राउ परेका छन् ।
यादवले २०६८ साल असार ४ गते २१ वर्षीया बुहारी रम्भादेवी यादवको घाँटी थिचेर हत्या गरेको अभियोग लगाइएको छ । सो घटनापछि पीडितका बाबु श्यामसुन्दरले मृतकका पति सन्तोषकुमार, सासू अरुहुलियादेवी तथा नन्दद्वय रञ्जु र मञ्जुविरुद्ध जाहेरी दिएका छन्।
हत्या आरोपमा रम्भाका पति सन्तोष र सासू अरुहलियादेवीलाई प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइसकेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। रासस