संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल सिद्धार्थ गौतमको जन्मका साथै बौद्ध दर्शनको उद्गमस्थल पनि भएको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले सोमबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा उहाँले बौद्धधर्मका तीन सम्प्रदाय नेपालमै विकास हुनाका साथै सिद्धार्थ गौतमले दरबार, परिवार र श्रीपेच एकै पटक त्याग्नका लागि बुद्ध्रत्व प्राप्त गरिसकेका बताए।
सरकारले २५६० औँ बुद्धजयन्तीका अवसरमा यही जेठ ६ र ७ गते काठमाडौँमा बुद्धदर्शनसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी तथा जेठ ८ गते लुम्बिनीमा बुद्धजयन्ती समारोह गर्दैछ । सम्मेलनमा विभिन्न देशका संस्कृतिमन्त्री र २१ मुलुुकका भिक्षुको आगमन हुने र बुद्ध दर्शनसम्बधी बृहत् छलफल हुनेछ ।