ललितपुर प्रहरीले चोरी अभियोगमा दोलखा घर भइ ललितपुरको सातदोबाटो बस्ने २४ वर्षीय रमेश श्रेष्ठलाई पक्राउ गरेको छ।
महालक्ष्मी नगरपालिका ११ चागाथलीमा रमेश श्रेष्ठकोे ३ वटा मोबाइल चोरी गरेर भागेका उनलाई सातदोबाटो प्रहरीले पक्राउ गरेको हो।
आफ्ना अभिभावक नभएको , धेरै दिन खान नपाएको भन्दै उनले श्रेष्ठलाई शरण दिन आग्रह गरेका थिए। श्रेष्ठले घर लगेर राखेपछि ३ वटा मोबाइल चोरेर उनी भागेको डिएसपी तारादेवी थापाले जानकारी दिईन। गत वैशाख २७ गतेमात्र उनी चोरी मुद्दामा नै १८ दिन जेल बसेर २२ हजार धरौटी बुझाएर छुटेका थिए।
जेलबाट छुटे लगत्तै सोही दिन फेरि उनले चोरी गरेको एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए।
यसैगरी सहकारीद्वारा संचालित मिट सपमा चोरी गर्ने दोलखा फास्लुका उद्धव खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ। सातदोबाटोमा रहेको एक मिट पसलमा पसेर उनले ७० हजार रुपैयाँ भन्दा बढीको सामानहरु चोरेका थिए । उनी सोही मिट सपमा कार्यरत रहि केही महिनाअघि मात्र जागिर छोडेको प्रहरीले जनाएको छ।