कुरान पढाएर फर्किने क्रममा बेहोस भएर एकजना व्यक्तिको गएराति लडेर मृत्यु भएको छ । सुनसरीको दुहवी–५ निवासी ४५ वर्षीय अवदुल मोहिद मोलानाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सप्तरीको कोलाडीस्थित मस्जिदमा कुरान पढाएर घर फर्किने क्रममा बेहोस भई लडेका थिए ।
बेहोस भएका उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरे पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ