उपत्यकाको अधिकांश ठाउँमा अहिले सवारी जाम छ। सिहंदरबार आसपास भएर चल्ने सवारी साधनको आवामगन यतिबेला पूर्ण रुपमा प्रभावित भएको छ।
पद्मोदय मोडबाट सिंहदरबारहुँदै माइतीघर जाने सवारी साधनलाई पद्मोदय मोडबाट रोकिएको छ। यस्तै तीनकुनेबाट नयाँबानेश्वर हुँदै माइतीघर आउने सवारी साधनलाई नयाँबानेश्वर चोकबाटै डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ। पद्मोदयबाट अनामनगर हुँदै हनुमास्थान तर्फ जाने सवारी साधनलाई बासँघारी मोडबाटै डाइभर्सन गरिएको छ। यस्तै नयाँ बानेश्वर पानी ट्यांकीबाट थापागाउँ हुँदै हनुमानस्थन आउने सवारी साधनलाई नयाँ बानेश्वरबाटै डाइभर्सन गरिएको छ। कालीमाटीबाट त्रिपुरेश्वर हुँदै थापाथली आउने सवारी साधनलाई त्रिपुरेश्वरबाट डाइभर्सन गरिएको छ।
यस्तै कुपण्डोलबाट थापाथली, त्रिपुरेश्वर जाने सवारीलाई कुपण्डोलमै डाइभर्सन गरिएको छ।
सवारी जाम भएका क्षेत्रहरू
- कोटेश्वरबाट तीनकुने हुँदै नयाँ वानेश्वर आउने सडक-खण्ड
- नयाँ बानेश्वर-माइतीघर सडक खण्ड
- पुल्चोकबाट-कुपण्डोलहुँदै-थापाथली जाने सवारी
- कालिमाटीबाट त्रिपुरेश्वर् हुँदै रत्नपार्क जाने सवारी
- कालिमाटीबाट त्रिपुरेश्वर हुँदै थापाथली जाने सवारी
- कृष्ण पाउरोटीबाट पुतलीसडक जाने सवारी
- रत्नपार्कबाट पद्मोदय मोड हुँदै जाने सवारी
- घट्टेकुलोबाट अनामनगर जाने सवारी
- पुरानो बानेश्वरबाट नयाँ बानेश्वर जाने सवारी
- नयाँ बानेश्वरबाट शंखमुल जाने सवारी
- सोह्रखुट्टेबाट ठमेल हुँदै रत्नपार्क जाने सवारी
- लाजिम्पाटहुँदै रत्नपार्क आउने सवारी जाम रहेको महाशाखाले जनाएको छ।