इंलिस क्लब आर्सनलले ११ वर्षपछि पहिलो पटक दोस्रो स्थानमा रहेर प्रिमियर लिग टुंग्याएको छ। गएरातिको अन्तिम खेलमा आर्सनलले रेलिगेशनमा परेको एस्टन भिल्लालाई ४–० गोल अन्तरले हराउँदै लिगमा दोस्रो स्थान पक्का बनाएको हो। उसको जितमा ओलिभर जिरउडको ह्याट्रिक गरे।
लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई हराएसँगै टोटनह्याम न्युक्यासलसँग पराजित भएपछि आर्सनललाई ११ वर्षपछि दोस्रो स्थान मिलेको हो।
जिरउडले खेलको पाँचौं, ७८ र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। थप गोल इन्जुरी समयमा एस्टन भिल्लाका मार्क बुनले आत्मघाती गोल गरेपछि आर्सनल ४–० ले विजयी भयो।
उपविजेता बनेको आर्सनल च्याम्पियन लिसेस्टर सिटी भन्दा १० अंकले पछि पर्यो। यस्तै १ अंकले पछि पर्दै टोटनह्याम तेस्रो स्थानमा झर्यो। यो जितसँगै लिसेस्टरको ८१ तथा आर्सनलको ७१ अंक भएको छ।