भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आफूमाथि सरकार परिवर्तनको खेलमा लागेको आरोप पुष्टि गरेर देखाउन सरकारका मन्त्रीहरुलाई चुनौति दिएका छन्।
उपाध्यायले आइतबार अपरान्ह स्वदेश फर्कनासाथ त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सरकार परिवर्तनको खेलमा लागेको आरोप पुष्टि भए सार्वजनिक जीवन नै त्याग गर्ने बताए। एक साता पहिले एकीकृत नेकपा माओवादीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले सार्वजनिक कार्यक्रममार्फत नै राजदूत उपाध्यायमाथि भारतमा बसेर सरकार परिवर्तनको खेलमा सहभागी भएको आरोप लगाएका थिए। हेर्नुहोस् भिडियोमा