विभाजित माओवादीका चार समूहबीच यसै साताभित्र एकता हुने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ।
सबभन्दा ठूलो समूह एमाओवादीसँग रामबहादुर थापा नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका यादवको नेकपा माओवादी, मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच एकता हुने लागेको हो ।
नेत्रविक्रम चन्दको नेकपा माओवादीका केही केन्न्दीय नेताहरु, जयपुरी घर्ती र कुमार दाहालको समूह पनि एकीकरणमा समावेश भएको छ ।
यसैबीच एकतापछिको पार्टी नाम, नयाँ नीति, नेतृत्व, कार्यक्रम र महाधिवेशनको मितिका विषयमा छलफल गरी एउटा निष्कर्ष निकालिनेछ। नयाँ पत्रिका दैनिकमा समाचार छ। त्यस्तै, ६ वटै माओवादी पार्टीहरूको केन्द्रीय समितिको संयुक्त महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय पनि गरेको छ ।
बादलले ४ असार ०६९ मा एमाओवादीसँग सम्बन्ध बिच्छेद गरी अलग पार्टी बनाएका थिए । मणि थापा भने ०६२ मै अलग भएका थिए । ‘अब ६ जेठमा काठमाडौंमा एकता पक्षधर सबै माओवादी पार्टीको संयुक्त अधिवेशन हुने र त्यही दिन महाधिवेशन आयोजक समिति बन्नेछ,’ छलफलमा सहभागी एक नेताले भने ।