सामान्य विवादमा राजधानीमा अर्को एउटा हत्या भएको छ। प्रहरीले तीन सता लामो अनुसन्धान गरेपछि हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ। अनुसन्धानछि ए सय रूपैयाँमा ज्यालको विवादमा हत्या भएको खुलेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
ठेकेदारले नै मदिरा सेवन गरी नशामा आफ्ना कामदारको हत्या गरेका हुन्।
गत ९ वैशाखमा तार्केश्वरको कमेरे खोलामा श्यामबहाखुर मगरको कुटपिटपछि हत्या भएको हो। हत्यामा संलग्न रसुवाका कृष्णबहादुर बिकलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको छ। बिक र मगर कमेरे खोलामा सँगै पर्खाल लगाउने कामा गर्थे। तर त्यसदिन रक्सी खाएपछि विवाद हुँदा विकले कुटेर मगरको हत्या गरेको महाशाखाका डिएसपी दीपक रेग्मीले बताए।