कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले समितिको वार्षिक प्रतिवेदन संसदमा पेश गरेका छन्।
संसदमा समितिको प्रतिवेदन पेश गर्दै समितिमा सक्रिय भएर काम गरेका सांसद सदस्यलाई धन्यवाद र समितिमा निरन्तर अनुपस्थित रहने सदस्यहरुप्रति दुःख व्यक्त गरेका छन्।
थापाले आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेका मन्त्रालयको कामकारबाही निरन्तर अनुगमन र छलफल गरेको बताउँदै सरकारका निकायमा कार्यान्वयनको तह अत्यन्त फितलो रहेको मात्र नभइ अनुगमनको संयन्त्र पनि कमजोर रहेको बताए।
सरकार र संसदबाट पनि समितिको कामकारबाहीमा अबमुल्यन भएको आरोप थापाले लगाए।