मृर्गौला रोगीको अब जीवनभर निःशुल्क डायलाइसिस हुने भएको छ। बिहिबार बसेको मन्त्रिपरिषद बैठकले मृगौलापीडित बिरामीलाई आजीवन डायलोसिस सेवा निः शुल्क गर्ने निर्णय गरेको खबर आजको राजधानी दैनिकसहित अधिकांश दैनिक पत्रिकामा छापिएको छ।
यसअघि सरकारले एक सय आठपटकसम्म का लागि मात्रै बिरामीका लागि डायलोसिस निः शुल्क दिँदै आएको थियो।
स्वास्थ्य मन्त्री रामजानम चौधरीले अब निजी अस्पतालमा समेत मृगौलाको निःशुल्क डायलोसि हिुने र यसका लागि सरकाले अस्पताललाई रकम उपलब्ध गराउने बताए।
डायलोसिस सेवा निकै महँगो पर्दछ । सरकरारको निर्णयबाट मृगौलापीडितले धरै राहत पाउने भएका छन्।