व्यवसायी उपेन्द्र महतोले विदेशको आफ्नो लगानी कानुनसम्मत भएको दाबी गरेका छन्। पानामा पेपर्समा आफ्नो नाम जोडिएपछि बुधबार विज्ञप्ति निकाल्दै उनले विभिन्न मुलुकमा आफूले गरेको लगानी वैधानिक भएको दाबी गरेका हुन्।
विज्ञप्तिमा उनले भनेका छन्, 'मैले विदेशमा जेजति लगानी गरेको छु, त्यो पूँजी विदेशमै आर्जन गरेको स्वत: स्पष्ट नै छ। विदेशमा बस्ने नेपाली नागरिकले आफू बसेको ठाउँमा कमाएको पूँजी त्यहीँ वा अन्य मुलुकमा लगानी गर्ने कुरा कानूनसम्मत र विश्वव्यापी प्रचलनमा छ।'
अन्तर्राष्ट्रिय खोज पत्रकार समूहले सार्वजनिक गरेको पानामा पेपर्सको दोस्रो विवरणमा अफसोर कारोबार गर्नेमा महतोसहित ७ नेपालीको नाम परेको थियो। उनले आफूले अन्य मुलुकमा गरेको लगानी उक्त मुलुकको कानुन अनुसार गरेको छन्।