झापाको शिवसताक्षीबाट प्रहरीले ११ थान अवैध गोलिया काठ बरामद गरेको छ।
इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवको नेतृत्वमा गएको प्रहरीको गस्ति टोलीले ४० क्युफिट परिमाणको साखु जातको अवैध गोलिया बरामद गरेको हो।
झापा र इलामको सिमानामा पर्ने सतासीधाम सामुदायीक बन भित्र तस्करले हरियो रुख काटिरहेको सुचना पाउनासाथ गएको प्रहरीको टोलीले उक्त परिमाणको काठ बरामद गरेको हो।
प्रहरी पुग्ने बित्तिकै करिव डेढ दर्जनको संख्यामा रहेका तस्करको समुह फरार भएको इलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ । तस्करले गोलिया लैजान प्रयोग गर्ने १५ थान साइकल पनि बरामद भएको प्रहरीले जनाएको छ ।
तस्करको समुहले झापाको माइधार, झरना खोला, कमल खोला, दोमुखा, मिलन चौक, सम्झना चौक, मिलचौक जस्ता नाकाबाट रातिको समयमा चोरीका गोलिया निकासी गर्ने गरेको सेक्टर बनकार्यलय सुरुङ्गाका रेन्जर कल्याण लम्सालले बताए।