दाङमा एकजना विद्यार्थीले 'सुसाइड नोट' लेखेर आत्महत्या गरेका छन्। गएराति सल्यान सिनबाङ–३ घर भई हाल अध्ययनको शिलशिलामा तुलसीपुर–४ विशालनगर टोलमा बस्दै आएका १८ वर्षीय ताराप्रसाद डाँगीले 'सुसाइड नोट' लेखेर आत्महत्या गरेका हुन्।
डाँगीले 'सुसाइड नोट' कवितात्मक शैलीमा लेखेका छन्। जसमा उनले आफ्नो स्वास्थ्य ठीक नभएको र उपचारका लागि आवश्यक रकमपनि नभएको कारण आत्महत्या गरेको लेखेका छन्।
डाँगीले लेखेकोसुसाइड नोटमा आफ्नो मृत्युको प्रमुख कारण गरिवी र रोगलाई नै उल्लेख गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाइँले जानकारी दिए।
प्रहरीका अनुसार मृतक डाँगीलाई छारे (मृगी) रोग भएको खुल्न आएको छ। उनले त्यसका लागि नियमित औषधि सेवन गर्दै आएका थिए। तर पछिल्लो समय औषधि किन्ने र कलेजमा पढाइ शुल्क तिर्ने रकम पनि नभएपछि आत्महत्या गरेको कारण उनलेसुसाइड नोटमा उल्लेख गरेका छन्।
मृतक डाँगी तुलसीपुर स्थित ग्रेट अरनीको उच्चमाविमा कक्षा ११ मा अध्यनरत थिए। उनी अध्यनका लागि तुलसीपुरमा कोठा भाडामा बस्दै आएका थिए।
मृतकको शव पोष्र्टमार्टमा लागि अञ्चल अस्पातल तुलसीपुरमा राखिएको छ। सिलिङ्ग फ्यानमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा डाँगीको सव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीरपुरले जनाएको छ।