संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन पुगेकी छन्। राष्ट्रपति भण्डारीलाई संसद भवनमा सभामुख ओनसरी घर्तिमगर र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन्।
सभामुख र प्रधानमन्त्रीले स्वागत गरेपछि राष्ट्रपतिको सम्मानमा सेनाको एक टुकडीले सम्मान गारक तथा राष्टिय गानले स्वागत गरेको छ।
आइतबारको संसद बैठक शुरु गर्दै सभामुख ओनसरी घर्तिमगरले राष्ट्रपति भण्डारी समक्ष आ व २०७३/०७४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न समय दिइन।
त्यसपछि सभामुखले राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम संसदसमक्ष पेश गर्न अनुरोध गरिन।
राष्ट्रपति भण्डारीले संविधानसभाले नयाँ संविधान जारी गरेपछि पहिलो पटक नीति तथा कार्यक्रम पेश गर्न पाउदा खुसी लागेको बताइन्। समानुपातिक समावेशी शासन प्रणाली, धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धि संस्थागत भएको बताइन्।