ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा दैनिक ५ देखि ७ वटासम्म सवारी दुर्घटना हुन्छन्।
विशेषगरी दुई पाङग्रे सवारी साधन बढी दुर्घटनामा परेको देखिन्छन्। नेपालमा गत वर्ष ९ हजार सवारी दुर्घटना भएका थिए ।
सवारी दुर्घटनाबाट वर्षेनी १८ सय नेपालीले हरेक वर्ष अकालमा ज्यान गुमाउँदै आइरहेका छन । १२ हजारभन्दा बढी घाइते भएका छन्। ८५ प्रतिशतसम्म चालकको लापरबाही रहेको देखिएको ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुँले बताए।