कप्तान विराट कोहलीले शतक इण्डियन प्रिमियर लिग आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ ।
शनिबार भएको पहिलो खेलमा बैंगलोरले धोनीको टिम राइजिङ पुणे सुपर जाइन्टसलाई ७ विकेटले हरायो।
पुणेले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको बैंगलोरले ३ बल बाँकी छँदा ३ विकेट गुमाएर जित हात पार्यो।
उसका लागि कप्तान कोहलीले ५८ बलमा १ सय ८ रन बनाए। कोहलीले ८ चौका र ७ छक्का प्रहार गरेका थिए।
यस्ते लोकेश राहुलले ३८ रन बनाए भने शेन वाट्सनले ३६ रनको योगदान दिए।
यसअघि पहिले ब्याटिङ गरेको पुणेले अजिन्क्या रहाणेको ७४ रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो।
उसका लागि शौरभ तिवारीले ५२ रन बनाए पनि अन्य बाट्सम्यान चल्न सकेनन्।
शनिबारको जितपछि ८ खेलबाट ६ अंक बनाएको बैंगलोर पुछारबाट दोस्रो स्थानमा यथावत छ। २ खेल बढी खेलेको पुणे एक स्थान माथि छ।