इंग्लिस प्रिमियर लिसेस्टर सिटीले एभर्टनलाई हराएको छ। प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिसेस्टरले एभर्टनमाथि ३–१ को सहज जित दर्ता गरेको हो।
लिसेस्टरको जितमा जेमी भर्डीले दुई तथा एण्डी किङले एक गोल गरे।
एभर्टनका लागि ८८ औं केभिन मिरालासले एक गोल फर्काए । जितपछि लिगको एक खेल बाँकी हुँदा उपाधि विजेता लिसेस्टरको ८० अंक भएको छ ।
३६ खेलबाट ४४ अंक जोडेको एभर्टन १२ औं स्थानमा छ ।
यसैबिच खेलपछि किङ पावर रंगशालमा लिसेस्टरलाई प्रिमियर लिगको उपाधि प्रदान गरिएको थियो। किङ पावरमा भएको विशेष कार्यक्रमका बिच लिसेस्टरलाई उपाधि प्रदान गरिएको हो।