कतारले नेपाल सरकारलाई नौ वटा मर्सिडिज बेन्ज कार उपहार दिएको छ। बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा नेपालका लागि कतारका राजदूत अहमद जसिम मोहम्मद अलि अल हामेर उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई कारको साँचो हस्तान्तरण गरे।
समारोहमा बोल्दै परराष्ट्र मन्त्री थापाले नेपाल र कतारबीच १९७७ मा दौत्यसम्बन्ध कायम भएदेखि सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै सहयोगका लागि कतार सरकारलाई धन्यवाद व्यक्त गरे।
परराष्ट्र मन्त्रालयले कतारले दिएका कारहरू महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन हुँदा प्रयोग गरिने जनाएको छ।