सरकारले आगलागी पीडितलार्इ घर निर्माणका लागि जस्तापाता उपलब्ध गराउने भएको छ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसको मन्त्रिपरिषद बैठकले आगलागीबाट घर पूर्णरुपले क्षति पुगेका पीडितहरूलार्इ प्रतिपरिवार २६ केजको दुई बन्डल जस्तापाता दिने निर्णय गरेको शान्ति मन्त्री एकनाथ ढकालले जानकारी दिए।
उनका अनुसार गत मंसिर मसान्तयता आगलागीबाट पूर्णरुपमा घर क्षति भएकाहरुलाई यो राहत जिल्ला दैविक प्रकोप उद्धार समितिमार्फत उपलब्ध गराइने भएको हो। त्यसका लागि आवश्यक पर्ने रकम गृहमन्त्रालयलाई उपलब्ध गराउने निर्णय बैठकले गरेको छ।
आगलागीबाट अहिलेसम्म एकहजार ४ सय २ घर आगलागीबाट पूर्णरुपमा क्षति पुगेको सरकारी तथ्यांक छ।
यस्तै बैठकले आगलागीबाट नष्ट भएका खानेपानीका पाइहरुलाई तुरुन्तै मर्मत सम्भार गर्ने पनि वैठकले निर्णय गरेको छ।
मन्त्रिपरिषद बैठकले केन्द्रीय दैवीक प्रकोप उद्धार समितिलाई प्रभावकारीरुपमा परिचालन गर्ने निर्णय पनि गरेको छ।