फाइल फोटो
बढ्दो खडेरीसँगै पानी अभाव चुलिँदा ट्यांकर व्यवसायी उपभोक्ता लुटेर कमाउने मौका छोप्न थालेका छन्। नागरिक दैनिकमा समाचार छ।
धारा र इनार सुकेपछि पछिल्ला दिन ट्यांकरकै पानीमा भर परेका उपभोक्तासँग उनीहरु अस्वस्थ बार्गेनिङ मात्र गर्दैनन्, दोब्बरभन्दा बढी मूल्य असुलिरहेका छन्।
सामान्य अवस्थामा आजको भोलि पानी ल्याइदिने व्यवसायी अहिले उपभोक्तालाई २० दिन पर्खनुपर्ने भन्दै झुलाउँछन्। छिटो चाहिए बढी रकम चाहिने भन्दै बार्गेनिङ सुरु गर्छन्।
सुरुमा २० दिन लाग्ने भने पनि बढी मूल्य तिरे तुरुन्तै पानी ल्याइदिने गरेको उपभोक्ताको भनाई छ। कालिमाटीका दिनेश श्रेष्ठले एक ट्यांकर पानीलाई दोब्बर मूल्य तिर्नुपरेको गुनासो गरे। ‘मैले पानी ल्याइदिन भन्दा एक हप्तासम्म झुलाइरहे,’उनले भने,‘बढी मूल्य तिर्छु भनेपछि बल्ल ल्याइदिए।’
पहिले ६ हजार लिटर पानी १६ सयमा ल्याउने उनी अहिले ३ हजार रुपैयाँ तिर्नु परेको बताउँछन्।