रौतहटको गौरमा भएको मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगितको उपाधि बैंकर्स टिमले जितेको छ।
क्रिएटिभ ग्रुप अफ नेपाल भलोहिया रौतहटले लोकतन्त्र दिवसको अवसर पारेर आयोजना गरेको सुशासनको लागि मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगितको उपाधि बैंकर्स टिमले जितेको हो।
उपाधि उचाल्ने क्रममा बैंकर्स टिमले सरकारी कर्मचारीको टिमलार्इ १ सय ६ रनले पराजित गरेको हो।
टस जितेर पहिलो व्याटिङ गरेको बैंकर्स टिमले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको सरकारी कर्मचारीको टिमले ७१ रनमै समेटिएको थियो।
यसअघि पहिले व्याटिङ गरेको बैंकर्स टिमले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १७७ रन बनाएको थियो। बैंकर्स टिमबाट राकेश साह म्यान अफ दि म्याच घोषित भए। सरकारी कर्मचारीको टिमका राजकिशोर महतो बेस्ट बलर, म्यान अफ दि सिरीज र म्यान अफ दि म्याच गरी कुल ३ वटा उपाधि जिते।
लोकतन्त्र दिवसको अवसरमा गत वैशाख ११ गतेदेखि सुरु भएको मैत्रीपुर्ण टी–२० क्रिकेट प्रतियोगित शनिवार सकिएको हो।