६ दिनदेखि हराइरहेको नेपाली सेनाको एक जवान बर्दियाको सत्या सामुदायिक वनमा मृत फेला परेका छन्।
नम्बर २ वन तथा पर्यावरण सुरक्षा हात्तीखोर नवलपरासीमा कार्यरत सैनिक जवान बर्दिया बाँसगढी नगरपालिका–७ का दुर्गाबहादुर खड्का शुक्रवार विहान मृत फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयवासीले खड्का मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। खड्काको शव जिल्ला अस्पताल बर्दियामा परीक्षण गरी परिवारलाई बुझाइएको छ। रासस