प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामालाई आज सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आग्रहमा विराज विष्टलाई निलम्बन गरिएपछि लामालाई उक्त पदमा नियुक्त गरिएको हो ।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले संयुक्त सरकारका साझेदार दल र मन्त्रीलाई त्यही भावनाका साथ पारदर्शी र निष्पक्ष भएर जनसेवामा लाग्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका केही सांसदले भूकम्पपीडितलाई एकै किस्तामा अनुदान दिनुपर्छ भनेर मौसमी राजनीति गरेको टिप्पणी गरे ।