स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रको आँगनमा टाँगिएको पालभित्र गर्मीले उकुसमुकुस भएकी सुन्तली श्रेष्ठ नबजात शिशुलाई हम्कदै थिइन्। खाटमा सुत्न नसकेर भुइँमा पल्टिएकी थिइन्। त्यहाँ खाटभन्दा कम राप आएको उनीले बताइन्। कान्तिपुर दैनिकमा समाचार छ।
युनिसेफको सहयोगमा वर्गादिन अघि बनाइएको पालमा सुत्केरी र नवजात शिशुलाई राख्ने गरिएको छ। गर्मीमा बस्नै नसक्ने उकुसमुकुस हुन्छ। दिउँसो मन्थलीको तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्न थालेको छ।
स्वास्थ्यर्मी चिनीमाय बलका अनुसार अन्यत्र ठाउँ नभएकाले सुत्थ्केरी र बच्चालाई पालमा राख्नु परेको हो। जिल्ला अस्पतालको अवस्था पनि त्यस्तै छ। भूकम्पले भवनमा क्षति पुर्याएकाले विरामीलाई पालमा राख्नु परेको छ। जाडामा अत्याधिक चिसो र गर्मीैमा तातोले बस्नै नसक्ने अवस्था रहेको विरामीको गुनासो छ। दाताको सहयोगमा अस्पतालका अस्थायी भवन निर्माण भइरहेको छ।
जिल्ला स्वास्थ्य प्रमुख डा. प्रकाशप्रशाद साहका अनुसार केही दिनभित्रै नयाँ भवनबाट अस्पताल सञ्चालन हुने आशा छ।