चीनमा करिब तीन हजार वर्ष पुरानो कफिन भेटिएको छ। तीन हजार वर्ष पुरानो भएको विश्वास गरिएका तीनवटा कफिन फेला परेको सिन्ह्वाले जनाइएको छ।
हेनानमा प्रान्तमा ती कफिन फेला परेका हुन्। स्थानीय पुरातत्व विभागले दिएको जानकारी अनुसार ती कफिन मङ्गलबारै एनियाङ् सहरको सङ्ग्रहालयमा पठाइएको छ। स्थानीय विज्ञहरुले प्रारम्भिक रुपमा गरेको उत्खनन्का क्रममा ती कफिनका साथै करिब २२ वटा चिहान पनि भेटिएका थिए।
ती चिहान चीनको चाङ् वंशीय समयका रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि जनाइएको छ। उक्त वंश चीनमा करिब १४०० बिसी ताका थियो। स्थानीय पुरातत्वविद् चोङ् देमिङ्ले भने– चाङ् वंशका समयमा पाइएका यी कफिनहरु निकै दुर्लभ हुन्, चीनका अरु क्षेत्रमा पनि भेटिएका ऐतिहासिक सामाग्रीको तुलनामा यी सामाग्री निकै महत्वका रहेका छन्।
उनले सो क्षेत्रमा थप उत्खनन् गरिने जानकारी दिए। हाल ती कफिन पाइएको क्षेत्र परिवारका सदस्यहरु एकै स्थानमा पुरिएको आशङ्का गरिएको छ। रासस/सिन्ह्वा