एक बिहानी
विहान भईसकेपछि पनि
मेरो आँखामा अध्यारो बढ्दै थियो
एक साँझ
साझ पर्नु अघिदेखि नै
मेरो आखाँमा निष्पट्ट अध्यारो छाएको थियो ।
समय, मलाई दु:खमा चोबलेर आफू उत्सव मनाउँदै थियो।
आकाश हिजो जस्तै थियो, फरक यति थियो,
पहिला मैले आकाश उचालेकि थिए
त्यो दिन मलाई आकाशले थिचेको थियो ।
बुङबुङ्ति उडेको धुलोले मलाई छोपेको थियो ।
उज्यालो मन नपरेको बेला
तिमी झलमल्ल दिन भएर उदाएका थियौ
अध्यारोमा हराउ झै भएको बेला
कुनाकानी उज्यालो छर्दै हिडेका थियौ
समय,
म उदास भएको बेला
धुवा जस्तै उडेर अनन्त आकाशमा बिलाउन मन भएको बेला
सक्छौ घामलाई रोक
हुरीले उडाउ यो इन्द्रेनी दिनलाई
नसके मेरो दु:खमा उत्सब नमनाउँ
रोकिनु छ मलाई केहि बेर यहि क्षणमा
सम्झिनु छ मलाई एक छिन म कहालिएको त्यो दिन
सम्झिनु छ एकछिन मलाई छोडिजाने प्रेमिल आत्मालाई
सक्छौ, रोकिउ केहि पल मेरा लागि
सक्दैनौ, मलाई त्यहि विगतमा छाडि जाउ तिमि
तर मेरो दु:खमा उत्सब नमनाउँ
वतासको वेग उही छ, फूल र पुतली उही छ
मलाई यो सुन्दरतासँग टाढिन मन भएको बेला
मेरो मनमा बादल मडारीएको बेला
आखाँ चिम्म चिम्लिएर शोकमा डुब्न मन भएको बेला
रंगिन फूलहरू नफुलाउँ
खुसीको वर्षात नगराउँ
मेरो दु:खमा उत्सव नमनाउँ
मलाई सम्झिन मन छ, म कहालिएको त्यो दिन ।
सम्झिनु छ एकछिन मलाई छोडिजाने प्रेमिल आत्मालाई ।