अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका पत्रकार कनकमणि दीक्षितको रिहाईको माग गरेको छ।
आइएफजेले मंगलबार विज्ञप्ति जारी गर्दै दीक्षितलाई तत्काल रिहा गर्न माग गरेको हो। आइएफजेले दीक्षितको पक्राउले नेपालमा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर सवाल उठेको बताउँदै उनको पक्राउले नेपालको न्याय प्रणालीमा पनि प्रश्न उठेको बताएको छ। आइएफजेले दीक्षितलाई तत्काल रिहा गर्न र उनमाथिको अनुसन्धान पारदर्शी बनाउन पनि माग गरेको छ।