महानगरीय अपराध महाशाखाले काठमाडौंको कोटेश्वर महादेवस्थान नजिकबाट ५१ वटा ग्यासको सिलिण्डर बरामद गरेको छ।
एउटा सिलिण्डर ग्यास ४५ सयमा विक्री गरेको भन्दै प्रहरीले असिमा ग्यास सप्लायरका संचालक माधव प्रसाद घिमिरेलाई पक्राउ गरेको एसपी सहकुल थापाले जानकारी दिए।
बरामद भएका आधा सिलिण्डरमा भरी ग्यास छ भने आधाजसो खाली छन। ग्यास लिनका लागि बुझाएका सिलिण्डर पनि प्रहरीले बरामद गरेको हो।