गिरफ्तारीमा परेका नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा जनकलाकार माइला लामालाई आज प्रहरीले रिहा गरेको छ ।
नियन्त्रणमा लिनुका कारण खुलाउन र निसर्त रिहा गर्न माग गर्दै पार्टीले आन्दोलनको घोषणा गरेपछि प्रहरीले आवश्यक पर्दा हाजिर हुने गरी रिहा गरेको हो ।
शनिबार साँझ पार्टीको प्रशिक्षण कार्यक्रम सकेर निस्किरहेका बेला कपनबाट लामा र विद्यार्थी नेता चिरञ्जीवी ढकाललगायत कार्यकर्तालाई गिरफ्तार गरिएको थियो । उहाँहरुलाई हाल तीनकुने प्रहरीवृत्तमा राखिएको थियो । एक जापानी संस्थासँगको विवादको विषयमा मुद्दा परेपछि उहाँहरुलाई नियन्त्रणमा लिइएको बुझिएको छ । रासस