मच्छीमा भएको आज अपराह्न भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
बागदुलाबाट खुङ जाँदै गरेको जिप ओखरकोट–६ लामासेरामा दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले जानकारी दिए।
मृत्यु हुनेमा खुङ–७ का ४५ वर्षीय जनक जिसी र ४६ वर्षीय जगत जिसी रहेको प्रजिअ रामबहादुर कुरुङवाङले जानकारी दिए।
दुर्घटनामा परी नौ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको स्थानीय शिक्षक नारायण जिसीले बताए।
चालकको अनुभवको कमी र दुर्घटनास्थल उकालो भएकाले दुर्घटना भएको अनुमान गरिएको छ । रासस