एनआरएन मलेसियाका अध्यक्ष महेन्द्र जंग शाही कारबाहीमा परेका छन्।
एनआरएन मलेसियाको कार्यसमिति बैठकले अध्यक्ष शाहीलाई नै कारबाही गर्दै कार्यसमिति भंग गर्ने निर्णय गरेको हो । पदीय मर्यादा विपरित काम गरेको र ठगी गरेको भन्दै मलेसिया र नेपाल प्रहरीमा उजुरी परेपछि उनीमाथि कारबाही गरिएको एनआरएन मलेसियाले जनाएको छ।
उपाध्यक्ष सुकमाया थापाको अध्यक्षतामा बसेको बैठकले शाहीलाई कारवाही गर्दै कार्यसमिति भंग गरेको हो ।
वैठकले आगामी २ महिनाभित्र नयाँ कार्यसमिति चयनका लागि एनआरएनए मलेसियाका पुर्वअध्यक्ष तथा प्रमुख संरक्षक शंकरबहादुर पौडेललाई जिम्मेवारी दिएकोसमेत दिएको छ । मलेसिया प्रहरीको मोस्ट वान्टेड सूचीमा समेत रहेका शाही नेपाल प्रहरीको पनि निगरानीमा छन्।