महाभूकम्पको समयमा घरको भग्नावशेष भित्रबाट २२ घण्टापछि नेपाली सेनाद्वारा जीवितै उद्धार गरिएका सोनिस अवाललाई नेपाली सेनाले शैक्षिक वृत्ति उपलब्ध गराउने भएको छ ।
प्रधान सेनापति राजेन्द्र क्षत्रीले आजे एक समारोहबीच सोनिसलाई शैक्षिक वृत्ति उपलब्ध गराउने सम्बन्धमा प्रतिबद्धता व्यक्त गरेका छन्।
सोनिसलाई नेपाली सेनाले भक्तपुर सल्लाघारीस्थित सैनिक आवासिय महाविद्यालयमा कक्षा ६ देखि स्नातक तहसम्मको शैक्षिक वृत्ति उपलब्ध गराउने भएको छ । त्यस्तै, कक्षा ५ सम्मको शिक्षा अभिभावकले व्यवस्था गरेको विद्यालयमा नै अध्ययन गराई सो अवधीभर निजलाई निश्चित रकम, पाठ्यपुस्तक तथा निर्वाह खर्च समेत नेपाली सेनाले नै उपलब्ध गराउने भएको छ ।