विनाशकारी भूकम्पबाट देशभर जनधनको अकल्पनीय क्षति भएको छ। राजधानी काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक नौ तले धरहरा फेदैसम्म ढलेर ध्वस्त भएको आज एक वर्ष पूरा भएको छ। धरहरा भत्किदा धरहराको टुप्पोमा रहेका र जमिनमा समेत रहेका धेरै हताहत भए।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भुकम्पबाट ज्यान गुमाएकाहरुप्रति धरहरामा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रधानमन्त्री ओलीले आइतबार विहान काठमाडौको सुन्धारा पुगेर क्षतिग्रस्त धरहराको परिसरमा भुकम्पबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
मृतकहरुको सम्झनामा प्रधानमन्त्री ओलीले क्षतिग्रस्त धरहराको परिसरमा पुष्पगुच्छा अर्पण गरेका थिए।
गत वर्षको वैशाख १२ गते गएको भुकम्पका कारण धरहरा भत्किंदा दर्जनौंको मृत्यु भएको थियो। भुकम्पका कारण ६ लाख भन्दा बढी घर भत्किंदा सिन्धुपाल्चोक, काठमाडौ, धादिङ, रसुवा, काभ्रे लगायतका १४ वटा जिल्लामा ८ हजार ८ सय ५६ जनाले ज्यान गुमाएका थिए ।
हेर्नुहोस् भूकम्पले भत्किएको धरहरा एक वर्षमा कस्तो भयो?