नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकारले लोकतन्त्र दिवस समेत नमनाएर मुलुकलार्इ सर्वसत्ताबादतर्फ उन्मुख गराउन खोजेको आरोप लगाएका छन्।
लोकतन्त्र दिवसलाई बेवास्ता गरेर यो सरकारले ०६२/६३ को जनआन्दोलनलाई उपेक्षा गरेको आरोप लगाउँदै कोइरालाले सरकारले यसको मूल्य अवश्य पनि चुकाउने वताए।
भूपु सैनिक संघ बाग्लुङको जिल्ला अधिवेशनको शनिवार उद्घाटन गर्दै कोइरालाले वर्तमान सरकार सरकार इतिहासकै असफल भएको टिप्पणी गरे।
उनले भने,'प्रधानमन्त्री लाजै नमानी महंगी र कालाबजारी रोक्न सकिएन भन्नुहुन्छ, मन्त्रीहरूले काम गरेनन् भन्नुहुन्छ, यदि उनले काम गर्न नसकेको हो भने आजै सरकार छाडिदिए हुन्छ, सक्नेले सरकार चलाउँछ,मुलुकलाई बर्बादीतिर लैजाने अधिकार कसैलाई छैन।'
कोइरालाले उग्र राष्ट्रबाद र उग्र मधेसबादले मुलुकलाई ध्वस्त पार्ने खतरा रहेको भन्दै भारतीय चस्माले तराई-मधेसलाई नहेर्न सरकारलाई चेतावनी दिए।