सरकारले लगानी बोर्डको कार्यकारी प्रमुख नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए।
सिफारिस समितिको सदस्यमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा र पूर्वसचिव केशव भट्टराई रहेका छन्। समितिले लगानी बोर्डको कार्यकारी प्रमुख नियुक्तिका लागि सरकारलाई नाम सिफारिस गर्नेछ।