नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाँदै छन्।
पत्नी आरजु राणा देउवाको स्वास्थ्य उपचारका लागि सभापति देउवा भारत जान लागेका हुन्।
देउवा सोमवार विहान १० बजे जेट एयरलाइन्सको विमानमार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्ने उनका स्वकिय सचिव भानु देउवाले जानकारी दिए।
स्वास्थ्योपचारका लागि पत्नी आरजु देउवा भने गत वैशाख २ गते नै दिल्ली पुगिसकेकी छिन्।
कम्मर र थाईबीचको हाड जोर्नीको समस्याबाट पीडित देउवा पत्नी एवं सांसद देउवाको दिल्लीस्थित फोर्टिस अस्पतालमा शल्यक्रिया हुन लागेको छ।
देउवा चार दिन भारतमै रहनेछन्। देउवा वैशाख १० गतेसम्म स्वदेश फर्कने कार्यक्रम छ।