विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले नामिवियासँग दोस्रो खेल खेल्दैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान साढे ९ बजेदेखि सुरु हुने खेलमा नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिनेछ।
शनिवार भएको नामिबियाविरुद्वको पहिलो खेलमा ५ विकेटले विजयी भएको नेपालले शीर्ष चारमा रहने आशा जिवितै राख्न पनि आजको खेल जित्नै पर्ने दबाबमा पनि छ।
निमिवियालाई आजको खेलमा पनि पराजित गर्न सके विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा पर्ने आशा जिवितै रहनेछ। इदि नेपाल शीर्ष चारमा अट्न सके सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेट छनोटमा सहभागिता जनाउने पाउने छ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी आठ टोलीमध्ये शीर्ष चार भित्रपर्ने टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्ने मौका पाउँछन्।
यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्यान्ड र पपुवा न्युगिनीसँग खेलेका चारवटै खेलमा नेपाल पराजित भएको थियो। पाँच खेलबाट दुई अंक जोडेको नेपाल तालिकाको छैठाैं स्थानमा छ भने समान २ अंक नै जोडेको नामिबिया साताैं स्थानमा छ। ६ खेलबाट २ अंक जोडेको युएर्इ भने पुछारमा छ।