राजधानी र अन्य सहरमा अत्याधुनिक सुविधा र प्रविधि सम्पन्न अस्पतालहरु खोल्ने प्रतिस्पर्धा नै छ। तर यही देशको अर्को भूभाग गोरखाको हिमालपारि चीनसँग जोडिएको बिही गाविसमा भने अहिलेसम्म बिरामी पर्दा झिर पोलेर उपचार गर्ने कहाली लाग्दो अन्धविश्वास छ।अन्नपूर्ण पोस्टमा समाचार छ।
स्थानीय तेन्जिङ लामाका अनुसार एक महिनाअघि बिही-२ का टसी नुर्बु घरको तला उक्लिँदा भर्याङबाट लडे। उनको देब्रेपट्टिका एकजोर करङ भाँचिए। गाउँको स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी थिएनन्। प्राथमिक उपचार पनि नपाएका उनको उपचारको जिम्म गाउँका धामीले पाए। धामीले फलामे झिर तताए।
अनि दुखेको ठाउँ पत्ता लगाइर छेडे। दलुई इन्च गहिरो पोलेर कलिलो मासुसम्म छेड्यो। घाउ ठूलौ भयो। पीडा कति भयो भने भाँचिएको ठाउँ दुखेको महसुस भयो। करङ त जोडिने कुरै भएन। केही सातापछि पहिले भन्दा दुख्न चाहिँ आफै कम भयो। उनको पोलेको घाउ भने अझै निको भएको छैन।