रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले पानामा पेपर्समा खुलाइएको अफसोर आर्थिक लेनदेनमा आफूलाई जोड्नु पश्चिमाहरुले आफूविरुद्ध गरेको षडयन्त्र भएको बताएका छन्l
रसियाको पिटसवर्गमा बोल्दै पुटिनले पश्चिमी देशहरुले रसियालाइ कमजोर बनाउने प्रयासको रुपमा आफूलाई पानामा पेपर्समा जोडिएको बताएका छन् l
पानामा पेपर्समा समेत आफ्नो नाम कतै उल्लेख नभए पनि पश्चिमी देशका सञ्चार माध्यमले आफूलाई जोडेर उक्त कारोबारमा संग्लग्न भएको दाबी प्रस्तुत गरेको उनले बताएका छन् l
पुटिनले उक्त कदमलाइ रसिया विरुद्ध कुप्रचार गरेर रसियाको सरकार कमजोर बनाउने अमेरिकी नेतृत्वमा भएको अभियानको अंग भएको दाबी गरे l
पानमा पेपर्समा पुटिन निकट व्यक्तिहरुले अफसोर आर्थिक कारोबार गरेको उल्लेख छ l पानामा पेपर्स सार्वजनिक हुनसाथ पश्चिमी सञ्चार माध्यमले सबैभन्दा पहिला पुटिनलाई जोडेर समचार लेखेका थिए l