च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा फ्रान्सेली क्लब पीएसजी र इंग्लिस क्लब म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्।
गएराति पीएसजीको घरेलु मैदानमा भएको खेलमा पीएसजी र सिटीले २–२ गोलको बराबरी खेलेका हुन्। खेलमा अग्रता भने पाहुना टोली म्यानचेस्टर सिटीले खेलको ३८ औँ मिनेटमा केभिन डीको गोलबाट अग्रता लिएको थियो।
तर त्यो अग्रतालाई म्यानचेस्टर सिटीले धेरैबेर टिकाउन सकेन। खेलको ४१ औं मिनेटमा पीएसजीका लागि जाल्टन इब्रामोविचले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा पनि दुबै टोलीले १–१ गोल गरेका थिए।
खेलको ५९ औँ मिनेटमा एड्रियनले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। तर खेलको ७२ औँ मिनेटमा फर्नान्डिनोले गोल गर्दै घरेलु टोली सिटीलाई हारबाट जोगाएका थिए।
अब म्यानचेस्टर सिटीले पीएसजीसँग अाफ्नै घरेलु मैदानमा दोस्रो लेग खेल्नेछ।