दाङको लमहीमा बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना बालक पक्राउ परेका छन्। मंगलवार दिउँसो घरमा टिभी हेर्न आएकी १३ वर्षीया बालिकालाई बलात्कार गर्ने १५ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो।
पीडित बालिकाको परिवारले दिएको जाहेरीका आधारमा आरोपित बालकलाई प्रहरीले पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिए।
बलात्कृत वालिकाले घरमा गएर आमालाई घटना भनेपछि बालिकाको परिवारले प्रहरीमा किटानी जाहेरी दिएको थियो। पीडित बालिकाको राप्ती उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।