रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका डोनाल्ड ट्रम्पकी पत्नीले आफ्ना पति लडाकु भएको बताएकी छन्। सोमबार साँझ आयोजित एक चुनावी र्यालीमा ट्रम्प पत्नी मेलानिया ट्रम्पले डोनाल्डलाई आक्रमण गरे उनले १० गुणा बढी प्रतिकार गर्ने बताइन्। उनले भनिन्, ‘तपाईँ महिला पुरुष जे भए पनि केही फरक पर्दैन किनकि उहाँले सबैलाई समान व्यवहार गर्नुहुन्छ। ’
उनले डोनाल्ड लडाकु भएको उल्लेख गर्दै उनी राष्ट्रपति भए अमेरिका र अमेरिकनका लागि लड्ने बताइन्।
सिल्भानियामा जन्मेकी ट्रम्प पत्नी मोलानिया पूर्व मोडल हुन्।
रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्न दौडमा रहेका ट्रम्प मुस्लिमलाई अमेरिका प्रवेशमा रोक लगाउनु पर्ने र मेक्सिकोको सीमामा पर्खाल लगाउनु पर्ने जस्ता अभिव्यक्ति विवादित बनेका छन्।